भिजिट भिसामा खाडी मुलुक हिँडेका १९७ जना र सिंगापुर हिँडेका ५ जनालाई  विमानस्थलबाट फर्काइए


११ भाद्र २०७९, शनिबार
Tribhuvan International airport

काठमाडौं : भिजिट भिसाबाट खाडी मुलुक हिडेका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै फिर्ता पठाएको हो ।

कार्यालयले गत बिहीबार देखि आजसम्ममा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरो बबरमहलमा बुझाएको कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवाली बताए ।

सिंगापुर हिँडेका पाँच जनालाई अध्यागमनले रोक्यो

यसैगरी सिंगापुर हिँडेका पाँच जनालाई त्रिअबि अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा थाइल्यान्ड हुँदै सिंगापुर हिँडेका पाल्पाका मनिष बहादुर लामिछाने, झापाका जनक अधिकारी र कृष्ण चौधरी, रुपन्देहीका चन्द्रबहादुर बगाले र गुल्मीका इन्द्रबहादुर बिस्टलाई अफलोड गरेको अध्यागमन कार्यालयले जनाएको छ।

भिजिट भिसामा सिंगापुर हिँडेका उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेको अध्यागमनका कर्मचारीहरुले बताएका छन्। ‘भिजिट भिसामा सिंगापुर जान लाग्नुभएका उहाँहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न सक्नुभएन। सम्बन्धित कागजात पनि पेस गर्न सक्नुभएन। जसका कारण प्रस्थान अनुमति दिइएन,’ एक कर्मचारीले भने।

आजमात्रै छ जना भुटानीलाई ‘डीपोर्ट’ गरिएको थियो। ट्राभल डकुमेन्टमा नेपाल आएका उनीहरुलाई अध्यागमन कार्यालयले थिम्पु नै पठाएको थियो। लगत्तै भुटानको परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ट्राभल डकुमेन्टमा नेपाल यात्रा नगर्न आग्रह गरेको थियो। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७