सिन्धुपाल्चोकमा भारी वर्षा, होशियारी अपनाउन आग्रह


१२ भाद्र २०७९, आईतवार
Melamchi 1

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च होशियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७