भारतमा नयाँ प्रधानन्यायाधीश


१२ भाद्र २०७९, आईतवार
udaya

नयाँदिल्ली । भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन् ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औं प्रधानन्यायाधीश बनेका छन् । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । झण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७