प्रिमियर लिग : सिटी, युनाइटेड र चेल्सीको जित


१२ भाद्र २०७९, आईतवार
chelsi

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १-० ले पराजित गर्‍यो । खेलको ५५औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूणर् तीन अंक हासिल गर्‍यो ।

जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ । यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४औंं स्थानमा छ । अर्को रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४-२ को जित निकाल्यो ।

जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २-० अघि रह्यो । बर्नान्डो सिल्भाले ५३औं मिनेटमा गोल गर्दै अग्रता २-१ मा झारे । ६२औं मिनेट हाल्यान्डले गोल गर्दा खेल २-२ को अवस्थामा पुग्यो । यसपछि हाल्यान्डले ७०औं र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३औं स्थानमा छ । यता, चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो । १० खेलाडीमा सीमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७