लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक


१२ भाद्र २०७९, आईतवार
liver 1
ह्याट्रिक गरेपछि सिटीका इर्लिङ हालान्ड । तस्बिर : एपी

काठमाडौं । लिभरपुलले शनिबार बर्नमाउथलाई ९-० ले हराएर प्रिमियर लिगमा सबैभन्दा फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ । एनफिल्डमा प्राप्त जित सिजनको चौथो खेलमा आइपुग्दा लिभरपुलले पाएको पहिलो सफलता हो ।
रोबर्टो फिर्मिनो र लुइस डियाजले दुई-दुई गोल गरे भने हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर-आर्नोल्ड, भर्जिल भान डाइक, फाबियो कार्भाल्होले एक-एक गोल गरे । बर्नमाउथका क्रिस मेफामले आफ्नै पोस्टमा एक गोल गर्न पुगे ।

लिभरपुलको जितले म्यानचेस्टर युनाइटेडको सन् १९९५ को कीर्तिमान बराबरी गरेको हो । त्यतिबेला युनाइटेडले इप्सविचलाई ९-० ले हराएको थियो । युनाइटेडले गत वर्ष उही अन्तरमा साउथह्याम्पटनलाई पनि हराएको थियो । साउथह्याम्पटनमाथि नै लेस्टर सिटीले २०१९ मा ९-० को जित निकालेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अर्को खेलमा म्यानचेस्टर सिटीले २-० ले पछाडि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गर्‍यो । त्यसमा इर्लिङ हालान्डले ह्याट्रिक गरे भने बर्नाडो सिल्भाले एक गोल गरे । सिटीले चारै गोल दोस्रो हाफमा गरेको थियो ।

city
ncll 2

सिल्भाले ५३ औं मिनेटमा सिटीको गोलको खाता खोलेपछि हालान्डले ६२, ७० र ८१ औं मिनेटमा बललाई पोस्टको दिशा दिँदै ह्याट्रिक पूरा गरे । हालान्डले प्रिमियर लिगका ४ खेलमा ६ गोल पुर्‍याए । यसअघि जोन स्टोनको आत्मघाती गोल र जोचिम एन्डरसनले २१ औं मिनेटमा गरेको गोलमा प्यालेसले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।

jagdamba.cement
nepal liquors

त्यस्तै, म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमा साउथह्याम्पटनमाथि १-० को कठिन जित पाएको थियो । सुरुका दुई खेल हारेपछि एरिक टेन हागको टिम अंकतालिकाको पुछारमा थियो । त्यसयता लगातार दोस्रो जित रच्दै उसले खराब सुरुआतबाट लय समातेको हो । उसले अघिल्लो खेलमा लिभरपुलको चुनौती २-१ ले पन्छाएको थियो ।

टेन हागले क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी मगायरलाई फेरि ‘बेन्च’मा राख्दै लिभरपुलविरुद्धकै टिम मैदानमा उतारेका थिए । ओल्ड ट्राफोर्ड छाड्न चाहेका रोनाल्डोलाई अन्तिम २० मिनेट मैदानमा प्रवेश गर्दा ठूलो संख्याले बेवास्ता गरेका थिए ।

रियल म्याड्रिडबाट आएका ब्राजिली मिडफिल्डर कासेमिरोले सब्स्टिच्युटको रूपमा १० मिनेट बाँकी छँदा मैदानमा प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरे । पहिलो हाफमै १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टरमाथि २-१ को कठिन जित रच्यो । चेल्सीका दुवै गोल रहिम स्टर्लिङले गरे । पास्कल ग्रसले दोस्रो हाफमा गोल गरेपछि ब्राइटनले लिड्सलाई १-० ले हरायो । ब्रेन्टफोर्ड र एभरटनले १-१ को नतिजा निकाल्दै अंक बाँडे । एएफपी

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७