सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, लाग्ला सिट बाँडफाँटको टुङ्गो ?


१२ भाद्र २०७९, आईतवार
gathabandan karyadal

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज (आइतबार) पनि बस्दै छ ।

बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ-आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए । सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो । सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७