नेपाल र केन्याबीच आज तेस्रो खेल


१२ भाद्र २०७९, आईतवार
Nepal vs Kenya

काठमाडौं । नेपाल र केन्याबीच आज (आइतबार) तेस्रो टी-२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीबारको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको चौथो टी-२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सी भदौ १४ गते हुनेछ । पाँच खेलको टी-२० श्रृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय श्रृङ्खला खेल्ने छ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७