‘वेनामे जर्नेल’ कथा संग्रह सार्वजनिक


१२ भाद्र २०७९, आईतवार
book

काठमाडौँ । कथाकार डा. राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका छन् ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक कोर्सिया र सर्वियाका विषयवस्तुलाई कथामा उठान गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए ।

कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए । ३० वर्ष नेपाल प्रहरीमा सेवा गरेका स्रष्टा श्रेष्ठका चार वटा कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७