भोटाहिटीका अनधिकृत संरचना भत्काउन थालियो


१२ भाद्र २०७९, आईतवार
votahitti

काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अनधिकृत संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

voahitti 1

पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन् । महानगरले ठेक्का दिएको ठेकेदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन थालिएको उनले जानकारी दिएका छन् ।

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने जनाइएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्न समस्या हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७