‘छड्के २’ मा यस्तो छ अनमोलको ‘लुक्स’


१२ भाद्र २०७९, आईतवार
anmol

काठमाडौं । फिल्म ‘छड्के २’ को अहिले धमाधम छायांकन भइरहेको छ । तर निर्माण युनिटलाई फिल्मको प्रचार प्रसारको हतारो देखिएको छ ।

यस्तैमा फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोष्टरमा उनको लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याट र मुखमा चुरोट देख्न सकिन्छ । अनुहार रगतले पोतिएको उनको हातमा धारिलो हतियार पनि देखिन्छ ।

chhadke2 1stlook poster anmol f PwLzIsOlP9

फिल्मको चितवनका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

६० दिनको सेड्युल राखिएको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ । ६ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’ लाई पनि निगम स्वयंले निर्देशन गरेका थिए । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतको अभिनय थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७