भाटभटेनी सुपरमार्केट पुल्चोक : सडकमा मोटरसाइकल पार्किङ, ‘अन्डर ग्राउण्ड’ रित्तै


१२ भाद्र २०७९, आईतवार
parking bhatbhaten 1
तस्वीर : कनकमणि दीक्षितको फेसबुकबाट

काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ । तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डर ग्राउण्ड पार्किङ रित्तै राख्ने गरेको छ ।

यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात-आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकहरूको सवारीले सडक जाम हुने गरेको छ ।

भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पुर्‍याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७