नेप्से परिसूचक ३३ अंकले घट्यो, कसको कस्तो कारोबार ?


१२ भाद्र २०७९, आईतवार
share market गिरावट

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेको छ ।

आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर ओरालो लाग्दा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत्, फाइनान्स लगायतका समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज २२४ वटा कम्पनीको ६१ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से घटेको दिन रुरु जलविद्युत् परियोजनाको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी विद्युत कम्पनीको शेयर झण्डै ६ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७