अध्यक्ष नेपालको निर्देशन : पार्टीलाई जिताउन कलम चिन्हको प्रचारमा लाग्नुस्


१२ भाद्र २०७९, आईतवार
Madhav Nepal

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीलाई जिताउन कलम चिन्हको प्रचारमा लाग्न विद्यार्थीलाई निर्देशन दिएका छन् ।

काठमाडौंमा आज (आइतबार) देखि शुरु भएको अनेरास्ववियुको विस्तारित बैठकमा अध्यक्ष नेपालले निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रुपमा लाग्न विद्यार्थीलाई निर्देशन दिएका हुन् । नेपालले भने, ‘निर्वाचनमा पार्टीलाई जिताउन कलम चिन्हको प्रचार गर्नुस् । हामीले विद्रोह नगरेको भए देश प्रतिगामी बाटोमा जाने थियो । पार्टीको क्रान्तिकरण गर्न पुर्नगठित भएका हौं । ’

उनले अन्याय-अत्याचारमा परेका जनताको पक्षमा उभिने पनि बताएका छन् । अध्यक्ष नेपालले भने, ‘कम्युनिस्ट पार्टी समाज परिवर्तनमा केन्द्रित हुन्छ । कम्युनिस्ट पार्टी गरिब, सर्वहाराका लागि स्थापना गरिएको हुन्छ । हामी क्रान्तिकारी हौं । जनताको हित रक्षा गर्ने योद्धाहरु हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७