काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर राख्ने मेयर शाहको प्रस्ताव

फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई पाँच सय भत्ता


१२ भाद्र २०७९, आईतवार
Balen Shah Kathmandu Nepal

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।

आज (आइतबार) को नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई पाँच सय भत्ता दिने निर्णय गरेको छ । महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो । सडक फुटपाथमा नगर प्रहरी खटाए बापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो । महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७