अब बिजुली व्यापारमा घाटा सहनु पर्दैन : घिसिङ

‘केही वर्षमै निःशुल्क विद्युत् दिन सकिन्छ’


१२ भाद्र २०७९, आईतवार
kulman

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने बताएका छन् ।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने बताए । उनले प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको पनि बताए । घिसिङले अहिले ग्राहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको बताए । भने, ‘अबको केही वर्षमै नेपालको विद्युत् निःशुल्क बाँड्न सकिन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए ।
‘अब बिजुलीको व्यापारमा हामीले घाटा सहनु पर्दैन,’ उनले भने, ’यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौं, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७