नेपालले केन्यालाई ४ विकेटले हरायो


१२ भाद्र २०७९, आईतवार
nepalicricketteam 20220321091842
फाइल फोटो

काठमाडौं । केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ओभरको खेलमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले अविजित ७३ र इरफान खानले अविजित ५५ रन बनाएका थिए । १५७ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै विजय सुनिश्चित गरेको हो । खेलको अन्त्यतिर क्रिज आएका आरिफ शेखले चौका प्रहार गर्दै नेपाललाई विजयी गराएको हो ।

नेपालका लागि पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रन बनाए। त्यस्तै अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सराफले २० रन र मोहम्मद आदिल आलमले १६ रन बनाएको थियो । यसअघि पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७