रूकुम पश्चिममा पहिरोमा परी आमा-छोरीसहित तीन जना बेपत्ता


१२ भाद्र २०७९, आईतवार
pahiro 1
फाइल फोटो

रूकुम पश्चिम । रूकुम पश्चिममा पहिरोमा परी आमा-थलठछोरीसहित तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो गएको पहिरोमा परी जाजरकोटका तीन आमा-छोरी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा जाजरकोटघको भेरी नगरपालिका-१ का ३० वर्षीया बालमती राना र उनका दुई वटी छोरी १२ वर्षीया तिर्सना र दुई वर्षीया प्रतिक्षा रहेको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बालमती नलगार्ड नगरपालिका-१ स्थित माइतीघरबाट आफ्नो घर जाने क्रममा बाटोमा वर्षा भएपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लागेकी थिइन् ।

city

वर्षाबाट ज्यान जोगाउन सामुदायिक वनको भवनमा ओत लागेका तीनै आमाछोरीलाई ओत लागेकै बेला भवन माथिबाट आएको पहिरोले भवनसहित पुरी बेपत्ता बनाएको प्रहरीले जनाएको छ । हाल प्रहरी चौकी पुर्तिमकाँडा रूकुम पश्चिमबाट तीन जनाको प्रहरी टोली खटिएर बेपत्ता आमाछोरीको खोजीकार्य जारी रहेको कणर्ाली प्रदेश प्रहरीले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७