सिट बाँडफाँटमा कार्यदल असफल, अब शीर्ष नेतृत्वले टुंग्याउने


१२ भाद्र २०७९, आईतवार
gathabandan karyadal

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि सहमति जुटाउन नसकी सकिएको छ । बैठकमा सिट संख्यामा सहमति नभएपछि बैठक निष्कर्षमा पुग्न असफल भएको हो ।

तर, कार्यदलका सदस्यहरूबीच बैठकमा दलहरूबाट आएका दाबी तथा सुझावहरूबारे शीर्ष नेतृत्वलाई जानकारी गराउने सहमति भएको छ ।

कार्यदलमा सिट बाँडफाँडको मापदण्डबारे पनि फरक-फरक मत रहँदै आएको छ । कांग्रेसले १०० सिटमा दाबी गरेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) ¬ले ६० सिटमा दाबी गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७