सुनसरी–१ धरानमा कलम चुनाव चिह्नका संस्थापक जीवन राईको चर्चा


१२ भाद्र २०७९, आईतवार
Jivan Rai

काठमाडौं : नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली र तात्कालिन वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालवीच तिव्र अन्तरबिरोध चलिरहेको बेला चर्चामा थिए, अनेरास्ववियुका पूर्व नेता जीवन राई ।

कारण थियो, उतिबेला उनले दर्ता गरेको पार्टी । गत २०७८ जेठतिर नेता नेपालले पार्टी बनाउने चर्चा चलिरहेको बेला ७ वैशाख २०७८ मा उनले दल दर्ताको लागि निवेदन दिएका थिए । २ जेठ २०७८ मा निर्वाचन आयोगले दर्ता गर्ने निर्णय गरेको थियो । पार्टीको चुनाव चिह्न कलम राखिएको थियो ।

नेपाल निकट रहेको कारण उनकै निर्देशनमा पार्टी बनाइएको अनुमान गरिएको थियो । सोही अनुमान जस्तै राईको पार्टी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको थियो । उनले राखेको चुनाव चिह्न कलम समाजवादीले राखेको छ । राई अहिले सत्तारुढ नेकपा एकीकृत समाजवादीले नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेश नं.१ का मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार छन् ।

उनै राईलाई समाजवादी सुनसरी जिल्ला कमिटीले शनिबार प्रतिनिधिसभाको उम्मेदवारको रुपमा गरेको छ । त्यसो त उनले पार्टीमा पनि सुनसरी नै कार्यक्षेत्र मागेर गएका थिए । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उनी सहित मुख्यमन्त्री राजेन्द्र राई, लक्ष्मण चौधरी र पद्मा सुब्बाको नाम सिफारिस गरेको छ । तर मुख्यमन्त्री राईले भने भोजपुर छोडेर कतै नजाने प्रष्ट पारीसकेको छन् ।

राईले आइबार भनेका छन्, ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना, सोच छैन ।’ भोजपुरे जनताले माया र बिश्वास गरेसम्म म सांसद, मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु। त्यसैले सांसद, मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच, चाहना छैन।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७