२०७९ भदौं १३ गते सोमबारको तपाईको राशिफल

भदौ शुक्ल द्वितीया पञ्चाङ्ग : साध्य कौलव उत्तर, दर खाने दिन/विश्व आणविक परीक्षणविरुद्धको दिवस


१३ भाद्र २०७९, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन माध्यम नै रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । वैदेशिक कार्यमा सफलता पाइएला । साँझमा पैसा खर्च पनि हुन सक्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।

city
ncll 2

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ ।

jagdamba.cement
nepal liquors

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्पसिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म, कर्ममा मन लाग्ने छ । शुभ समाचार सुन्न पाइएला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७