यातायात व्यवसायीको सिन्डिकेट तोडिदैः अब देशभरी रुट पर्मिट सहजै पाइने


२२ चैत्र २०७४, बिहीबार
mayur

काठमाडौं, चैत २२: यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम बलियो देखिएको छ। काठमाडौं बनेपा रुटमा मयूर यातायातलाई पर्मिट दिएसँगै त्यहाँ सञ्चालित विभिन्न ११ समितिले बस नचलाई विरोधमा उत्रिएपछि सरकारले उक्त रुटमा नयाँ कम्पनीलाई रुट दिन थालेको छ। mayur

बुधबार काठमाडौं बनेपा रुटमा पाँच नयाँ कम्पनीलाई रुट पर्मिट दिइएको हो। सरकार देशभरका जुनसुकै रुटमा पनि प्रक्रिया पु¥ाएर रुट पर्मिट लिन इच्छुक सबैलाई दिइने नीति लिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

बुधबार सरकारले शिव दर्शन यातायात प्रालि, सिटीमेट्रो यातायात प्रालि, साझा यातायात, अन्नपूर्ण यातायात प्रालि र मध्यउपत्यका यातायात प्रालिलाई रुट पर्मिट दिएको छ। बुधबार देखि नै त्यो रुटमा नयाँ यातायात चल्न थालेका छन्।यो समचार कारोबार दैनिकमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७