पेनाल्टी गोल गर्दै नेयमारले पीएसजीलाई हारबाट जोगाए


१३ भाद्र २०७९, सोमबार
126475052 gettyimages 1242787186 3H6aBTeYem

काठमाडौं । पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा नै बराबरीमा रोकिएको छ । आइतबार लिग वानमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो ।

नेयमारले खेलको ७० औँ मिनेटमा पोनाल्टीबाट गोल गर्दै टोलीलाई हारबाट जोगाए । पाँच खेलमा उनको आठौँ गोल थियो । यसअघि केभिन भोलान्डले मानाकोलाई खेलको २० औं मिनेटमा अग्रता दिलाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साबिक विजेता पीएसजी १० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । मार्से र रेसिङ लेन्ससँग उसको अंक बराबर रहेको छ । आइतबारकै खेलमा एलेक्सिस सान्चेजको दुई गोलको मद्दतले मार्सेले निसलाई ३-१ गोलअन्तरले हराएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७