घानाको चिडियाखानामा सिंहले खायो मान्छे


१३ भाद्र २०७९, सोमबार
1551945566lion
सांकेतिक तस्वीर

आक्रा । घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् । राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ ।

‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७