विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ


१३ भाद्र २०७९, सोमबार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७