प्रधानमन्त्रीलाई एमालेको प्रश्न : त्रिभुवन विश्वविद्यालय बुढानीलकण्ठ नै सार्न खोज्नुभएको हो ?

‘सरकार संरक्षित गुन्डागर्दीबाट त्रिभुवन विश्वविद्यालयमा त्रास’


१३ भाद्र २०७९, सोमबार
pradip gyawali scaled

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको भन्दै आपत्ती प्रकट गरेको छ । सत्ताको नेतृत्व गरीरहेको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारकै संरक्षणमा गुन्डागर्दी गरीरहेको एमालेको दाबी छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वविद्यालयको कार्यालय बुढानीलकण्ठ सार्न खोजेको हो भनेर प्रश्न गरे । ज्ञवालीले सोधे, ‘विश्वविद्यालयको कार्यालय बुढानीलकण्ठ नै सार्न खोज्नुभएको हो भने भन्नुपर्‍यो ।’

ज्ञवालीले सरकार संरक्षित गुन्डागर्दीबाट विश्वविद्यालय गम्भिर अवस्थामा पुगेको बताए । उनले भने, ‘कुलपति हुनुहुन्छ प्रधानमन्त्री । यहाँलाई पोल्नुपर्छ कि पर्दैन ? सरकार संरक्षित गुन्डागर्दीबाट विश्वविद्यालय कुन अवस्थामा पुग्छ ?

वालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए । । ‘हिजो विद्यार्थी संगठनको नेतृत्व गरेका व्यक्तिहरू आज देशको सर्वोच्च पदमा पुग्नुभएको छ । विश्वविद्यालयका प्राध्यापकहरूलाई कुट्ने, तिमीहरूलाई केही भयो भने प्रहरीबाट सुरक्षा दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं भन्ने शिक्षा दिनुभएको हो ।अहिलेका प्रधानमन्त्री र गृहमन्त्री कुनै समयमा विद्यार्थीको नेतृत्व तहमा हुनुहुन्थ्यो; त्यतिबेला पञ्चायतको मण्डलेहरूको कुटाइ खानुभएको थियो होला । अहिले त्यस्तै व्यवहार गरिरहनुभएको छ । के मौका नपाएर मात्रै मण्डले नभएको हो ? यो त होइन होला,’ उनले भने

तीन वर्षमा तीन सय दिन तालाबन्दी गर्ने र प्राध्यापकमाथि आक्रमण गर्नेहरूलाई सरकारले संरक्षण दिइरहेको ज्ञवालीको भनाइ थियो । ‘तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि, कक्षाकोठामा गइरहेका प्राध्यापकमाथि आक्रमण भइसकेपछि, चलाएको मुद्दा फिर्ता लिने भएपछि कसरी विश्वविद्यालय खुल्छ ?,’ उनले प्रश्न गरे ।

२०७७ असोज २० गते नेविसंघमा आबद्ध कांग्रेस कार्यकर्ताहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि त्रिभुवन विश्वविद्यालयमा आक्रमण भएको थियो । आक्रमणकारीमाथि लगाइएको मुद्दा महान्यायाधीवक्ता कार्यालयले फिर्ता गर्नका लागि सिफारिस गरेको एमालेको आरोप छ ।

सभामुखको रुलिङ 

ज्ञवालीले त्रिविको समस्या समाधान गर्र्न रुलिङको माग गरे । समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।
उनको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७