१७० किलो गाँजा बरामद


१३ भाद्र २०७९, सोमबार
gaja
फाइल फोटो

रौतहट । रौतहटको गौर नगरपालिका-२ बकैया खोला किनारबाट करिब १७० किलोग्राम अवैध लागूऔषध गाँजा गए राति प्रहरीले बरामद गरेको छ ।

अपरिचित व्यक्तिहरूले १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा गाँजा छोडी लाने व्यक्तिहरु फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

म्हेपीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ
यता काठमाडौं महानगरपालिका-१६ म्हेपीबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत दुई जना रहेका छन् । उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझीले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७