तीजको मुखमा घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदछ कारोबार ?


१३ भाद्र २०७९, सोमबार
gold

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा ओरालो लागेको छ । हिन्दु महिलाहरूको पर्व तीजको दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ ।

आइतबार र सोमबार दुई दिनमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७