विराटनगरमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


१३ भाद्र २०७९, सोमबार
money with indian P4vSl48qag
फाइल फोटो

मोरङ । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९ सय रूपैयाँसहित एकक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कणर् बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कणर् बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७