विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु


१३ भाद्र २०७९, सोमबार
dubera

बाँके । बाँके, सल्यान र रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ ।

घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सल्यानको कुमाख गाउँपालिका-३ रागेचौर बस्ने ४० वर्षीय पूर्णबहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

city
ncll 2

रूपन्देहीको सियारी गाउँपालिका-२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७