‘बिरा कम्प्लेक्स’ का व्यापारी र नगर प्रहरीबीच चर्काचर्की


१३ भाद्र २०७९, सोमबार
bira
फाइल फोटो

काठमाडौं । काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्सको अण्डरग्राउन्डका व्यापारी र नगर प्रहरीबीच चर्काचर्की भएको छ । उनीहरुले महानगरका कर्मचारीहरुलाई अवरोध गरेका छन् ।

सोमबार काठमाडौं महानगरपालिका नगर प्रहरीको टोली त्यहाँ रहेका अवैध संरचना हटाउँदै अण्डर ग्राउन्ड खाली गर्न पुगेको थियो । अण्डर ग्राउन्डभित्र करिब एक दर्जन पसल छन् ।

उनीहरुले नगर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । व्यापारीले बिरा कम्प्लेक्स अण्डर ग्राउन्ण्डका सबै पसल बन्द गरेका छन् । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले डोजर लगाएर अनधिकृत संचरना भत्काइने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७