लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड


१३ भाद्र २०७९, सोमबार
Bipul Chhetri

काठमाडौं । बौद्धस्थित लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रममा गायक विपुल क्षेत्री र सुकर्म ब्यान्डले प्रस्तुति दिएका छन् ।

अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्य समेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे । हावा चल्यो यहाँ बेस्सरी, हल्लियो बाँसघारी, उडी जाउँ भने, चरी म हैन बस्न पनि यहाँ मन छैन लगायत हिट गीत उनले गाए । स्टेज उक्लिदै गर्दा जन्मोत्सवको शुभकामना पाएका विपुलको प्रफुल्लता गीत संगीतमा देखिन्थ्यो ।

city
Buddha Concert 1

पञ्चतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर विपुल गितार बोकेर स्टेजमा देखिएका विपुलले युवापुस्तालाई नचाउँन सफल भए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो ।

jagdamba.cement

कार्यक्रममा गीतसंगीतसँगै सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गडः हु विल बी’ मञ्चन गरियो । बौद्धमा साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको लिच्छवि हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनका अनुसार भवनमा कलाका सबै विधालाई समेटिने छ । ‘भवनलाई नाटक, पेन्टिङ, कविता, थांका, तालिम केन्द्र, थिएटर र ग्यालरीको रूपमा विकास गरिने भएको छ । साथै, पाहुना गृह, क्याफे पनि बनाइने भएको छ,’ अभिनेता बानियाँले भने ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७