वृद्धाश्रमका आमालाई तीजले झन बढाउँछ घर-माइतीको सम्झना


१३ भाद्र २०७९, सोमबार
Brida

चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहेका छन् ।

अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उनीहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गरिन् । उनले भनिन्, ‘दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो’, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उनले भनिन्, ‘अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।’

city
ncll 2

कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने उनको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भनिन्, ‘अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।’ एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उनी वृद्धाश्रममा आइपुगेकी हुन् । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोन समेत नगर्ने दुखेसो उनको छ ।

jagdamba.cement
nepal liquors

सोही वृद्धाश्रममा रहेकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहेकी छन् । उनले विगतको स्मरण गर्दै भनिन्, ‘हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।’ खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उनले अहिले कारागारमा बसे जस्तै भएको गुनासो गरिन् । उनले थपिन्, ‘अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।’

श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुगेकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउँछिन् । उनले भनिन्, ‘यहाँ जे छ, त्यसैमा रमाउनु बाहेक केही छैन ।’ लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमानसँगै आश्रममा बस्दै आएकी छन् । सन्तान नभएका उनीहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उनले भनिन्, ‘हरेराम भन्दै भगवानको नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्’, उनले थपिन्, ‘तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।’ पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उनको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उनी बताउँछिन् ।

पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहेकी छन् । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उनी यहाँ छिन् । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुगेकी हुन् । उनले गहँभरि आँशु पारेर भनिन्, ‘तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ’, उनले थपिन् ‘रण्अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउँछन् । उनले भने, ‘वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।’ यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७