सार्वजनिक पोखरी मिचेर बनेको छायाँ कम्प्लेक्स भत्काऊ : सांसद सुवाल


१३ भाद्र २०७९, सोमबार
prem suwal
फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्काउनु पर्ने बताएका छन् । आज (सोमबार) को प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताएका हुन् ।

ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको उक्त व्यापारिक कम्प्लेक्स भत्काउन जरुरी रहेको सुवालको भनाइ छ । उनले भारतको नोयडामा नियम मिचेर बनाइएका ४० तले भवन सरकारले भत्काएको उदाहरण दिँदै सार्वजनिक पोखरी मिचेर बनेको छाया कम्प्लेक्स पनि भत्काउन जरुरी रहेको बताए ।

सम्बोधनका क्रममा सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद् सुचालु हुँदा आचारसंहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न पनि माग गरे । उनले संसद् अन्तय गर्ने विषयमा सभामुखसँग रुलिङको माग समेत गरेका छन् ।

सम्बोधनकै क्रममा सांसद सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७