सत्ता गठबन्धनले चुनावमा एक्ला-एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसके : पोखरेल

‘आउँदो निर्वाचन गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिबीच’


१३ भाद्र २०७९, सोमबार
shankar 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् ।

उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए । ‘यस पटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शत्तिको छनौटको रुपमा रहेको छ,’ आज राजधानीमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘पाँच दलीय सत्ता गठबन्धनले चुनवामा एक्ला-एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

shankar

आफूहरु एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे । मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरीहार्य हुने उनले बताए । ‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरुले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामर्थ्य राख्नु पर्छ,’ उनले भने ।
नेपालको पुरानो महत्वपूणर् राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७