१५ हजार राहतमा १० हजार जनप्रतिनिधिले घुस लिएपछि…


२२ चैत्र २०७४, बिहीबार
ghus1

काठमाडौं २२ चैत: मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् । साउनको बाढीले उनको सर्वस्व लग्यो । उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

ghus1
फाइल तस्बिर

तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो । कौशल्याले भनिन्, ‘बाढीले घरवारबिहिन बनाएका हामीलाई सरकारले दिएको रकमको पनि कमिसन लगे ।’

उनले दुई पटक गरी ५(५ हजार रुपैयाँका दरले वडा कार्यालयमा काम गर्ने हरिओम राजवंशीलाई १० हजार रकम बुझाएपछि मात्र राहत बापतको १५ हजार रुपैयाँ पाएको बताइन् ।

मागेको रकम नदिँदा आफूले राहत नपाएको गुनासो गर्दै सुमती देवीले भनिन्, हरिओमले पैसा माग्दा नदिँदा नाम दर्ता नै गराएनन् । जहदा १ मा धेरैसँग रकम लिएर बाढीपीडतको राहत लुट्ने काम भएको उनले गुनसो गरिन् ।

जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप यादवले कमिसनस्वरुप १० हजार दिनेलाई मात्र राहतको प्याकेजमा नाम सिफारिस गरेको पीडितको आरोप छ ।

वडाध्यक्ष यादवले यो विषयमा आफूलाई जानकारी नभएको दाबी गरे । उनले भने, ‘मलाई बदनाम गर्न कमिसनको कुरा उठाइएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७