नेप्सेमा सामान्य अंकको सुधार, एक अर्ब २६ करोडको कारोबार


१३ भाद्र २०७९, सोमबार
share

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेप्से परिसूचक ३.७६ अंकले बढेर एक हजार नौ सय ९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै,‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर तीन सय ८७.४६ बिन्दुमा पुगेको छ ।

लगानीकर्ताहरूले दुई हजार इन्डेक्सलाई मनोवैज्ञानिक रूपमा मान्दै कारोबार गरिरहेकोमा सूचक पुनः एक स्थान तल खसेको छ । आधार बिन्दुबाट बजार तल खस्दा लगानीकर्ता निराश बन्न पुगेका छन् । बजारमा आइरहेको उत्तारचढावका कारण लगानी बढ्न सकेको छैन । कारोबारमा आएका १३ समूहको सूचकमध्ये तीना समूहको सूचक सामान्य अंकले घटेका छन् भने नौ समूहको सूचक बढेको छ ।

कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम भएको छ । ३४ लाख कित्ता सेयर खरिद-बिक्री हुँदा एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । घटेको बजारमा नेपाल दूरसञ्चार कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावर, हिमालयन लिस्टिलरी, शिवम् सिमेन्टको तीन करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७