कर्णाली प्रदेशका नव नियुक्त दुई मन्त्रीले लिए शपथ


१३ भाद्र २०७९, सोमबार
karnali1661503639 1

सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह आचार्य र जलस्रोत तथा उर्जा मन्त्री रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

केही बेरअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका थिए। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७