गोकर्ण र गोंगबुका जुवा अखडामा प्रहरीको छापा

सात लाख बरामद, १४ जुवाडे पक्राउ


२२ चैत्र २०७४, बिहीबार
juwa

काठमाडौं, २२ चैत । महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय परिसरको संयुक्त टोलीले बुधबार काठमाडौैंका गोंगबु र गोकर्णेश्वर नगरपालिकाका दुई ठूला जुवा अखडामा छापा हानी करिब ७ लाख रुपैयाँ बरामद गरेको छ भने १४ जनालाई पक्राउ गरेको छ ।

juwa
गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित पूर्ण लामाको घरमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौबाट संयुक्त प्रहरी परिचालन गरी छापा मार्दा तास खेलिरहेको अवस्थामा ६ बुक तास र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले पक्राउ गरेका जुवा खेल्ने र खेलाउनेहरुमा पूर्ण लामा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा, चेना शेर्पा, वीरबहादुर तामाङ, कृष्णा तामाङ, दौलतसिंह लामा, दावा शेर्पा, विक्रम लामा र निशान लामा छन् । गोकर्णेश्वरबाट प्रहरीले जुवा अखाडाबाट ६ लाख ४० हजार ३ सय ४० रुपैयाँ बरामद गरेको जनाएको छ ।

यसैगरी गोगंवु इलाका र वसपार्क इलाकाहरुमा रहेका होटेलहरुमा जुवातास खेलाउँछन् भन्ने सूचनाका आधारमा महानगरीय परिसर काठमाडौको निर्देशनमा गोगंबु प्रहरी प्रभागले सूचना संकलन तथा निगरानी वढाई होटलमा चेकजाँच गर्ने क्रममा बुधबार मित्रनगरस्थित प्रेमबहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोस्रो तलाको २०१ नं को कोठामा तास खेलिरहेको अवस्थामा ५१ हजार ६ सय नगदसहित ३ बुक तास बरामद गरेको छ । साउदी रियाल २८५ र भारु ३ सय समेत जोड्दा ५९ हजार ३३ सय ५० नगद बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७