राष्ट्रपतिले एमाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइन्


१३ भाद्र २०७९, सोमबार
bidhyadevi bhandari

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास जाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख एमालेका नेताहरूलाई शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ । साँझ पाँच बजे एमाले शीर्ष नेताहरू शितल निवास पुग्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७