२२६ मा कोरोना संक्रमण, २२३ जना निको


१३ भाद्र २०७९, सोमबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २२३ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको संख्या तीन हजार २३५ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् ।

होम आइसोलेशनमा तीन हजार ८६, संस्थागत आइसोलेशनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु) मा ४४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३२ हजार दुई सय ९४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७