निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले दिए निवेदन


१३ भाद्र २०७९, सोमबार
Nirbachan scaled

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका साहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेसमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कणर्ालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।

chunab 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७