तीन सय यात्रु बोकेको पानी जहाजमा आगलागी


१३ भाद्र २०७९, सोमबार
ShipFire1 20220829181627

स्टकहोम । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भने, ‘जहाजको डेकमा आगो लागेको छ । तीन वटा हेलिकप्टर र सात वटा जहाज घटनास्थलमा पठाइएको छ । जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।’

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । ‘आगो नियन्त्रणमा आइसकेको छ,’ कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताइन् ।

स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७