प्रदेशको नाम र राजधानी तोक्न जनमत संग्रह, जिल्ला-जिल्लामा सुझाव संकलन गरिने


२२ चैत्र २०७४, बिहीबार
7 State of Nepal

काठमाडौं, २२ चैत : मुलुक संघीय संरचनामा गईसकेको छ । मुलुकले स्थानीय, प्रदेश र केन्द्रमा जनप्रतिनिधि पाइसको छ । तर, हालसम्म प्रदेशर स्थायी राजधानी र नाम भने पाउन सकेको छैन । प्रदेश नम्बर–६ ले भने प्रदेशको नाम कर्णाली राखेको छ तर, राजधानी कहाँ राख्ने निर्णय लिन सकेको छैन ।7 State of Nepal

प्रदेशको राजधानी र नामाकरणको विषयमा विवाद भइरहेकाले सरकारले तोक्न सकेको छैन । प्रदेश नम्बर–१ को किरात प्रदेश नामाकरणको माग गर्दै केही समय अगाडि राईसम्बध संगठनले मुख्यमन्त्री शेरधन राईलाई २५ लाख हस्ताक्षर बुझाएका छन् । तर, त्यो पनि निष्कर्षमा पुगेको छैन । प्रदेश राजधानी र नामाकरण के राखिन्छ भन्ने सबैमा चासोको विषय नै बनेको छ । त्यस्तै प्रदेश नम्बर–४ प्रदेश नम्बर ४ ले पनि राजधानी र प्रदेशको नाम राख्न नसकेकाले जनमत संग्रह गर्ने निर्णय गरेको छ । ११ जिल्ला रहेको प्रदेश–४ मा प्रदेशको राजधानी र नाम के राख्ने ? भन्ने प्रश्नको उतर खोज्न सांसदहरु आ-आफ्नो जिल्ला जाने निर्णयमा पुगेका छन् । प्रदेश नम्बर–४ का सांसदहरु ११ जिल्लामै पुगेर जनताको मत लिनेमा सहमत बनेका छन् ।

प्रदेशको राजधानी र नामाकरण गर्न बनेको विशेष समितिहरु प्रश्नावली लिएर जिल्ला–जिल्लामा जाने छन् र त्यसै अनुसार नामाकरण र राजधानी तोकिने छन् । बुधवार समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा बसेको बैठकले प्रदेश राजधानी र नामाकरण गर्न प्रश्नावलीको फम्र्याट लिएर जिल्ला–जिल्लामा जाने निर्णय गरेको हो ।
सुझाव संकलनमा क-कसलाई समावेश गर्ने, कसरी सुझाव लिने जस्ता कुराको टुङ्गो लगाएर सांसद जिल्लामा पुगेर जनताको मत लिने छन् । चैत २८ गतेबाट कास्की जिल्लाबाट शुरु गरेर ११ जिल्लामै सुझावको लागि पुग्ने छन् । त्यसपछि मूल्याङ्कनका आधारमा राजधानी तथा प्रदेश नामाकरण टुङ्गो लाग्ने छ ।

बैठकले राजधानी तथा नाम सिफारिसको कार्यविधि परित गर्दै विशेष समितिमा रहेको सदस्यहरुको लागि आचारसंहिता पनि बनाएका छन् । समितिमा रहेका सदस्यहरुले सुझाव संकलन गरि नसकिञ्जेल राजधानी र नामको बारेमा कुनै अभिव्यक्ति दिन पाउने छैनन् । आउँदो बुधबार जिल्ला समन्वय समिति कास्कीको सभाहलमा सुझाव संकलनका विषयमा बैठक बस्ने छन् । बैठकमा सबै राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एशोसिएसन, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिसस प्रमुख तथा उपप्रमुख, आदिवासी जनजाति महासंघ, अन्तरपार्टी महिला सञ्जाल संयोजक, दलित उत्थान समिति, गैरसरकारी संस्था महासंघ उपस्थित हुनेछन् । बैठकमा उस्थित भएका संस्थाहरु नै अन्य जिल्लामा पनि जाने निर्णय गरेको छ ।
कुन जिल्लामा कति गते जाने भन्ने निर्णय चाहिं भईसकेको छैन । त्यसको निर्णय २८ गते पोखरामा हुने बैठकले गर्ने छन् ।

प्रदेशको राजधानी र नामाकरणका लागि मुस्ताङ र बाग्लुङ जिल्लामा सांसदहरु सावित्रा राना, दीपक कोइराला, कृष्ण थापा र चन्द्रबहादुर बुढा पर्वत जाने छन् । त्यसै गरी मनाङ र गोरखामा धनञ्जय दवाडी, हरिशरण आचार्य, मधु अधिकारी गुरुङले सुझाव संकलन गर्ने छन् । स्याङ्जा, तनहुँ र नवलपुर जिल्लामा भागवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ पुग्ने छन् । नवलपुर, तनहुँ र स्याङ्जा जिल्लामा भागवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ जाने कार्यक्रम रहेको छ ।

प्रदेशको नामाङ्करण र राजधानीका लागि आधिकारिक वेभसाइट बनाएर भोटिङ गर्ने व्यावस्था पनि मिलाउने छन् । हालको लागि सरकारले प्रदेश नम्बर–४ को अस्थायी राजधानी कास्कीको पोखरामा तोकेको छ । तर, प्रदेशको नाममा बिभिन्न प्रस्तावहरु आइरहेका छन् । गण्डकी, गण्डक, तमुवान–मगरात, अन्नपूर्ण, मुक्तिनाथ, गोरखा, व्यास, धौलागिरी, माछापुच्छेलगायत थुप्रै नाममाथि जनस्तरमै अहिले चर्चा र बहस भइरहेका छन् । जातीय संस्थाहरुले पनि उस्तै माग गरिरहेका छन् । हाल प्रदेश–६ लाई मात्रै ‘कर्णाली’ नामाकरण गरिएको छ । बाँकी ६ प्रदेशहरुको नाम र स्थायी राजधानी तोकिन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७