पाकिस्तानमा डुंगा पल्टिँदा सात जनाको मृत्यु, १३ जना बेपत्ता


१४ भाद्र २०७९, मंगलवार
Dunga
फाइल फोटो

इस्लामाबाद । पाकिस्तानमा डुंगा पल्टिँदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । उद्धारकर्ताहरुले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपतकाल घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७