थिमी नगरपालिकाले भन्यो-३५ दिनभित्र अवैध संरचना हटाउनू


१४ भाद्र २०७९, मंगलवार
thimi 1 .jpg

काठमाडौं । मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरीका अन्य नगरपालिकामा पनि क्रमशः देखिन थालेको छ ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७