एनआइसीको इनवार्ड रेमिट्यास सेवा, ३५ सय शाखाबाट नेपालमा पैसा


२२ चैत्र २०७४, बिहीबार
NIC Asia Bank

काठमाडौं, २२ चैत : एनआईसी एशिया बैंकले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सेवा शुरु गरेको छ । बैंकले सोका लागि एक्सिस बैंक भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स शुरु गर्न लागेको हो ।

NIC Asia Bank
nic asia logo tagline w_r

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतस्थित ३ हजार ५ सयभन्दा बढी शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिने छ । उक्त रकम एनआईसी एसियाको बैंकका नेपालमा रहेका १ सय ९२ शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७