नेपालले आज निर्णायक खेल खेल्दै


१४ भाद्र २०७९, मंगलवार
nepali cricket team 1

काठमाडौं । नेपाली क्रिकेट टिमले आज केन्याविरुद्ध पाँचौं तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-२ को बराबरी भएको छ । नेपाल सोमबार केन्यासँग ७ रनले पराजित भएको थियो । त्यससँगै शृंखला २-२ को बराबरी भएको हो ।

नेपालले केन्यालाई कमजोर टिमका रुपमा लिँदै केन्या भ्रमणमा सबै खेल जित्ने लक्ष्य राखेको थियो । तर, कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाउँदा नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा पराजित भइसकेको छ । यससँगै वरीयातामा सुधार गर्दै २०२४ को ट्वान्टी-२० विश्वकप यात्रा सहज बनाउने नेपालको लक्ष्यमा ठूलो धक्का लागेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साथै नव नियुक्त प्रशिक्षक मनोज प्रभाकरको पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि निराशजनक बनेको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेल १८ रनले हारेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७