पशुपतिनाथको पूर्वी ढोका १४ बर्ष पछि खुल्यो


१४ भाद्र २०७९, मंगलवार
pashupati title

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ बर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो ।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पशुपतिनाथको पूर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७