सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान


१४ भाद्र २०७९, मंगलवार
301999484 1179338076250258 4216397070324056682 n

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् ।

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७