रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने


१४ भाद्र २०७९, मंगलवार
rekha thapa

काठमाडौं । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य नेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । आज (मंगलबार) बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय उनले आफू मोरङ क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित रहेको बताएकी छन् ।

मोरङ सुन्दर हरैचाकी उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र कांग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो । उनले अहिले आफू मोरङ-३ कै कार्यक्रममा सक्रिय रहेको समेत जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७